Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पूर्वउपराष्ट्रपति झा भारतीय नागरिक भएको खुलासा

पूर्वउपराष्ट्रपति झा भारतीय नागरिक भएको खुलासा


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । नेपालको संविधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षकहुनका लागी (बंसज) नेपाली नागरिक भएको हुनुपर्छ । तर, नेपालको पहिलो पूर्वराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ ।

    संविधा अनुसार अंगीकृत नेपाली नागरिकले उल्लेखित पद नपाउने व्यवस्था गरिएको छ । २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा ती पदसहित मुख्यमन्त्री हुन वंशज नेपाली नागरिक हुनपर्ने प्रावधान राखिएको छ ।

    विगत लामो समय देखी नेपालको न्यायालयमा रहेर काम गरिरहेका झा मुलुकको पहिलो उपराष्टपति समेत बनेका छन् । झा सर्वोच्च अदालतको न्यायाधीशबाट सेवानिवृत्त भएपछि मधेसी जनअधिकार फोरमबाट राजनीतिमा सक्रिय भएर लागेका थिए । संविधानसभामा उनी माओवादी पार्टीकी शान्ता श्रेष्ठ, नेपाली कांग्रेसका मानबहादुर विश्वकर्मा र एमालेकी लक्ष्मी शाक्यलाई पराजित गरेर २०६५ सालमा उपराष्ट्रपति बनेका थिए ।

    उपराष्ट्रपतिमा विजयी भएपछि झाले हिन्दीमा शपथ लिए । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपाली भाषामा शपथ गराउँदा उपाष्ट्रपति झाले त्यसलाई तत्कालै मौखिक रुपमा हिन्दीमा उच्चारण गरेर शपथ लिएका थिए । हिन्दीमा शपथ लिएपछि उनीमाथि संविधान उल्लंघन गरेको आरोप लाग्यो ।

    झाको शपथविरुद्ध सडकमा प्रदर्शन समेत भए । संविधानसभा बैठकमा समेत विरोध भयो । उपराष्ट्रपतिलाई नेपालीमा शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पर्यो । रिट परेपछि उपराष्ट्रपति पद निस्क्रिय हुन पुग्यो । विवाद सुल्झन २ वर्ष लाग्यो । झा उपराष्ट्रपति भएको २ वर्षपछि मैथिलीमा सपथ लिए । । त्यसपछि बल्ल उनको विवाद टुंगियो र उपराष्ट्रपति पदमा आसीन भएका थिए ।

    उपराष्ट्रपति बनेलगत्तै हिन्दीको लागि लामोसमय विवाद झेल्नुभएका झा अन्ततः भारतीय नागरिक नै रहेको रहस्य खुलेको छ । भारतको चर्चित अनलाइन मैबिहारी डटकमले झा बिहारी नागरिक भएको उल्लेख गरेको छ । झाको जन्म बिहारको दरभंगास्थित गरौलमा भएको र पठनपाठन त्यहीँबाट शुरु भएको अनलाइनले लेखेको छ ।

    मैबिहारी डटकमका अनुसार झाले मधुवनीबाट मेट्रिक परीक्षा पास गरेका थिए । त्यसपछि आरके कलेज पढेर बिहारबाट ग्रेजुएशन गरेपछि उनी कानून पढ्नका लागि नेपाल आएका थिए । नेपालमा केही वर्ष पढेपछि थप अध्ययनको लागि उनी बेल्जियम गए । बेल्जियमबाट फर्केर वकालत पेशामा सक्रिय हुन थाले र न्यायाधीश समेत भए । न्यायालयमा रहँदा देखिनै उनी भित्रभित्रै नेपालमा हिन्दी स्थापित गराउन सक्रिय रहेको समेत खुलेको छ ।

    ‘परमानन्दका दाजु शंकर झा मिथिलांचलका बलिया पहलवान थिए जसले ठूलाठूला पहलवानलाई हराएर चर्चा कमाएका थिए’ मैबिहारी डटकमले उल्लेख गरेको छ , ‘त्यसबेला उनको पहलवानीको चर्चा नेपालसम्म हुने गर्दथ्यो । तत्कालीन राजाले शंकर झाबाट प्रभावित भएर उनलाई आफ्नो दरबारमा बोलाउनुभयो । त्यसपछि उनलाई सेनामा उच्च जिम्मेवारी दिइयो । तत्कालिन शासकले उनलाई सप्तरीमा केही जमिन समेत उपलब्ध गराए।’ झा परिवार त्यसबेला देखि नेपालमा बस्न थालेको हो ।

    प्रतिक्रिया
    थप समाचार