Online Nepal आइतबार, जेष्ठ ६ २०८१

संसदीय समितीमा दफावार छलफलका लागि २ विधेयक

संसदीय समितीमा दफावार छलफलका लागि २ विधेयक


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । सरकारले दफावार संसदमा दफावार छलफलका लागी २ वटा विधेक पेश गरेको छ । बैठकमा ‘प्रशासकीय अदालत विधेयक-२०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक- २०७५’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको हो।

    बुधबार बसेको बैठकले दुवै विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मति स्वीकृत गरेको हो। बुधबारकै बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन ुकेही नेपाल ऐन संशोधन गर्ने विधेयक(२०७५ु पेस गरेका छन्।

    सो विधेयकमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना अस्वीकृत भएपछि मन्त्री ढकालले बैठकमा विधेयक पेस गरेका हुन्।

    त्यसैगरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ सम्बन्धि समितिको प्रतिवेदन पनि पेस गरेकी छन्।

    प्रतिनिधिसभाका अर्को बैठक आगामी आईतबार १२ बजेका लागि बोलाईएको छ।

    प्रतिक्रिया
    थप समाचार