Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सांसद उषाकलाले कपाल खौरेर आमाको काजकिरिया गरिन

सांसद उषाकलाले कपाल खौरेर आमाको काजकिरिया गरिन


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • काठमाडौं । प्रदेश नम्बर एककी प्रदेश सभासांसद उषाकला राईले कपाल खौरे आमाको काज किरिया गरेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

    उनको निमोनियाँको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् ।

    उषा केस खौरेर गरेर किरियापुत्री बसेकी छन् । उनी परिवारकी एकली छोरी हुन । आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

    नेकपाकी नेतृ समेत रहेकी उषाकला आमाको किरियापुत्री नै बसेपछि पूर्वकानुनमन्त्री एवं उषकलाका श्रीमान शेरबहादुर तामाङले उषाकलाले समाजलाई एक उदाहरण पेस गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तामाङले उषाकला क्रीयापुत्री बस्ने कदमलाई सम्मान र समर्थन गर्दै यस्तो लेखेका छनः

    ‘उषाजी तपाईँ साँच्चै महान् हुनुहुन्छ ।’ ‘छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईँले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिबद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।’

    तामाङले लेखेका छन्, ‘आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ, यो अभियानमा संलग्न अन्य अग्रज नारीहरूलाई मेरो लाखौँलाख सलाम ।’ ‘महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईँहरू जस्तै अग्रज नारीहरूको कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौँ।’ ‘मेरो सधैँ तपाईप्रती सम्मान र समर्थन छ ।’

    अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री तामाङले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार