Online Nepal आइतबार, जेष्ठ ६ २०८१

विप्लव नेतृत्वको नेकपाले दल्यो नगरपालिका प्रमुख रोकायलाई कालोमोसो (विज्ञप्ती सहित)

विप्लव नेतृत्वको नेकपाले दल्यो नगरपालिका प्रमुख रोकायलाई कालोमोसो (विज्ञप्ती सहित)


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो दलेको छ । उनलाई बेनामी चेक दिएको आधारमा कालोमोसो दलिएको हो ।

    आफ्नो पार्टीलाई बेनामी चेक काटी भ्रष्टाचार गरेको उनीहरुको दाबि छ । उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको बताईएको हो ।

    जनतामाथि अनावश्यक कर थोपरेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको हो । यस्तै नेकपा प्युठानले यो पहिलो चरणको कारवाही रहेको बताएको छ ।

    यस्तो छ विज्ञाप्ति

    प्रतिक्रिया
    थप समाचार