Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुनेः मन्त्री विष्ट

पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुनेः मन्त्री विष्ट


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • पोखरा । अबको पाँच वर्ष भित्रै वैदेशिक रोजगारमा बाध्याताले जाने दिन नआउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । उनले विहिबार गण्डकी प्रदेशको राजधानी पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै यस्तो बताएका हुन ।

    सो कार्यालयले आजैबाट वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने जनाईएको छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानेलाई श्रम स्वीकृति प्रदान गरिने छ।

    सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरेका छन् ।

    उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए ।

    उनले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए।

    उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।

    सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जाने नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जान लागेका चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार