Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाली कांग्रेसः पौडेल र जोशीबीच बाईसको आकडा

नेपाली कांग्रेसः पौडेल र जोशीबीच बाईसको आकडा


मध्यान्तर
  • शनिबार, पुष २८ २०७५

  • काठमाडौं। नेपाली कांग्रेस सधै गुट उपगुटकै कारण आलोचना आउने गरेको छ । एक अर्काबीचको गुटका कारण कांग्रेस धेरै पटक जित्ने चुनावहरु पनि हारेका घटनाहरु छन् । तनहुँको सन्दर्भमा पनि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच कहिल्यै मिलोमतो हुदैन् ।

    गत वर्ष सम्पन्न संघीय चुनावकै कुरा गर्ने हो भनेपनि कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशी बागी उम्मेदवारी दिए । सोहि कारणले उनी निकै चर्चामा समेत पुगे । यतिमात्र हैन् । उक्त घटनाका कारण तनहुँका कांग्रेस कार्यकर्ताहरुबीच मनमुटाव अधिक नै भयो ।

    यो घटनाले पार्टिमा ठुलै बहस चलायो । निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही समेत गरियो ।

    पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका जोशी र उनका प्रस्तावक र समर्थकसमेतलाई पार्टीले कारबाही गरेपछि पौडेल–जोशी विवादको चर्चा झनै चुलिएको छ। कांग्रेस तनहुँले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै जोशी र उनका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि निर्वाचनअगावै सिफारिस गरेको थियो ।

    नेता पौडेल र पूर्वसहमहामन्त्री जोशीबीच कांग्रेसको इतिहासमै सुमधुर सम्बन्ध रहेनन् । उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ ।

    कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामप्रसाद मिश्र भन्छन्, ‘पौडेल र जोशी २०५१ सालको निर्वाचनमा सँगसँगै भोट मागेको देखेको बाहेक सम्बन्धमा सुधार आएन।’ त्यो बेला जोशी तनहुँ–१ मा उम्मेदवार हुँदा पौडेल जोशीकै लागि भोट माग्दै पोखरीछापमा हिँडेको भेटेको उनले सम्झिए ।

    ‘उहाँहरू निकै कम मात्रामा एउटै मञ्चमा बसेको देखेको छु,’ उनले भने ।

    त्यस्तै २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत भानुको टुहुरेपसलमा नेता पौडेल र जोशी एउटै मञ्चमा बसेर कांग्रेसबाट भानु नगरपालिकाका मेयरका प्रत्यासी उदयराज गौलीलाई जिताउन भोट मागेका थिए ।

    त्यसबाहेक निकै कम कार्यक्रममा मात्रै यी दुई नेता सँगसँगै सहभागी भएको कांग्रेसका कार्यकताको भनाई छ ।
    (नागरिक दैनिक)

    प्रतिक्रिया
    थप समाचार