Online Nepal आइतबार, जेष्ठ ६ २०८१

वाइडबडी खरिदमा सरकार दोषी छैनः मन्त्री ढकाल

वाइडबडी खरिदमा सरकार दोषी छैनः मन्त्री ढकाल


मध्यान्तर
  • आइतबार, पुष २९ २०७५

  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको स्पष्ट पारेका छन्।

    उनले मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले आयोजना एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुने । ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’ मा उनले यस्तो बताएका हुन्। ‘काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा वाइडबडी विमान खरिद गर्ने निर्णय भएको बताएका हुन् ।

    मन्त्री ढकालले तत्कालीन प्रधानमन्त्री देउवा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेको समयमा नै वाइड बडी विमान खरीद गर्ने निर्णय भएको र त्यसपछि दुई जना पर्यटनमन्त्री फेरि सकिएकाले यो सरकार दोषी नरहेको धारणा प्रष्ट पारे।

    इलाममा अनसनरत डा गोविन्द केसीले संविधानभन्दा माथि गएर माग राखेको आरोप मन्त्री ढकालले लगाएका छन्।

    यसैबीच मन्त्री ढकालले प्रदेश नं १, पथरीशनिश्चरे नगरपालिका(१० मा निर्माण गर्न लागिएको आदिवासी जनजाति सङ्ग्रहालयको विषयमा अनावश्यक टीका टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन्।

    आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पथरी शनिश्चरेमा आज आयोजित कार्यक्रममा उनले हालसम्म १५६ वटा कानुन बनाएर विधिको शासनको जग बसालेको बताउँदै वैशाखसम्ममा भूमिसम्बन्धी कानून बनाइसक्ने जानकारी दिए।

    प्रतिक्रिया
    थप समाचार