Online Nepal सोमबार, जेष्ठ ७ २०८१

डा. केसीसँग गरेको सहमति अक्षरस पालना नगरेर सरकारले विश्वसनीयता गुमायोः कार्की

डा. केसीसँग गरेको सहमति अक्षरस पालना नगरेर सरकारले विश्वसनीयता गुमायोः कार्की


मध्यान्तर
  • आइतबार, पुष २९ २०७५

  • काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरेको सहमति अक्षरस पालना नगरेर आफ्नो विश्वसनीयता गुमाएको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता काकीले भने, सरकारले डा गोविन्द केसीलाई फेरि अनसनमा जानु पर्ने बाध्यता श्रृजना गरेर राष्ट्रिय र अन्तर्राष्टिय जगतमा सरकारको विश्वसनीयतामाथि गम्भिर प्रश्नचिन्ह लगाएको छ।’

    चिकित्सा शिक्षा क्षेत्रकोे सुधारकोे माग राख्दै आएका केसीलाई अनुसनमा जानु पर्ने अवस्थाले मुलुक गम्भिर दुर्घटनातिर उन्मुख हुने दाबी गर्दै जनताको तर्फबाट केसीले राख्दै आएका माग तत्काल सम्बोधन गरी समास्याको समाधान गर्न पनि कार्कीले सरकारसँग माग गरे।

    प्रतिक्रिया
    थप समाचार