Online Nepal सोमबार, जेष्ठ ७ २०८१
नेविसंघ

नेविसंघको कार्यकाल खतम, तदर्थ समितिका लागि नेताहरुको दौडधुप सुरु

नेविसंघको कार्यकाल खतम, तदर्थ समितिका लागि नेताहरुको दौडधुप सुरु


मध्यान्तर
  • बुधबार, माघ २ २०७५

  • काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको कार्यकाल बुधबार समाप्त भएको छ । नेविसंघले पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसक्दा मंसिर २ गते दोस्रो पटक दुई महिनाको लागि अर्थात माघ २ गते सम्मका लागी म्याद थप गरिएको थियो ।

    केपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल आज अर्थात माघ २ मा सकिएको छ ।

    संशोधित विधानअनुसार दोस्रो पटक ५ महिना म्याद थपिएको थियो । थपिएको समयसीमा भित्र १४ जिल्लामा मात्र अधिवेशन भएकाले वर्तमान कार्यसमितिको म्याद फेरि थप्ने या तदर्थ समिति बनाउने भन्नेमा नेविसंघका नेताहरु विभिाजित छन् ।

    कतिपयले यहि कार्यसमितिलाई अरु ४ महिना म्याद थपेर महाधिवेसन गराउनुपर्ने पक्षमा छन् भने कतिपय तर्दथ समितिमार्फत महाधिवेशन गराउनुपर्ने पक्षमा लविङ गरिरहेका छन् ।

    यसबारे माउ पार्टी काँग्रेसले आगामी माघ १० गते बस्ने बैठकले निर्णय लिने काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले बताए ।

    ‘अघिल्लो पटक २ महिनाको साटो ६ महिना म्याद थपिएको भए यस्तो समस्या आउने थिएन तर, २ महिनामात्रै थपियो ।

    यो समयमा महाधिवेशन हुन सकेन । र, पनि महाधिवेसनको विकल्प छैन । त्यसका लागि पार्टीले निर्णय गर्ला । तर, मेरो विचारमा यहि टिके प्रथावाट तदर्थ समिति गठन गर्नुभन्दा यहि कार्यसमितिको म्याद थप्ने वा महाधिवेशन गर्नेगरी पूर्व विद्यार्थी नेताहरुको नेतृत्वमा ‘टाक्सफोर्स’ गठन गर्नु उपयुक्त होला’ केन्द्रीय सदस्य पौडेलले रातोपाटीलाई बताए ।

    तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएको भन्दै नेविसंघ केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् ।

    म्याद नथपेकोे अवस्थामा बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल आजबाट स्वतः सकिएको छ ।

    संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेरपनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले केही नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।

    अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै तदर्थ समितिको नेतृत्वका लागि पनि विद्यार्थी नेताहरुले दौडधुप सुरु गरेका छन् ।

    सभापति देउवानिकटका राजिव ढुङ्गाना, सरोज थापा, ऋषिकेशजङ्ग शाह, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी देखिएका छन् । त्यसैगरी सिटौला पक्षबाट सुशील भटट्, बलदेव तिमिल्सिना, युवराज पाण्डेय, कुन्दनराज काफ्लेलगायतले अध्यक्षको दावी गरेका छन् ।

    नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।

    त्यसैगरी संगठन लथालिङ्ग भएको, सदस्यता वितरण देखि कुनै गतिविधि गर्न नसकेको, देशमा जघन्य अपराधका घटना हुदा पनि आन्दोलन गर्न नसकेको, शैक्षिक कालोबजारी देखि विद्यार्थीहरुको मुद्दामा चुकेकोलगायतका अहिलेको नेतृत्वबाट हुन नसकेका कामहरु पनि नयाँ नेतृत्वको मुख्य जिम्मेबारी हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार