Online Nepal सोमबार, जेष्ठ ७ २०८१

‘टुटल र पठाओ’को समर्थनमा विरोध गर्ने नेविसंघको तयारी (विज्ञाप्ति सहित)

‘टुटल र पठाओ’को समर्थनमा विरोध गर्ने नेविसंघको तयारी (विज्ञाप्ति सहित)


मध्यान्तर
  • बुधबार, माघ २ २०७५

  • काठमाडौं– काँग्रेसको भ्रातृ संस्था नेपाल बिद्यार्थी संघ(नेविसंघ)ले ‘टुटल र पठाओ’ को समर्थनमा विरोध जनाएको छ । सरकारले ‘टुटल र पठाओ’ लाई बन्द गरि उद्यमशीलताको विकासमा ठेस पुर्याएको भन्दै नेविसंघले विरोध जनाएको हो ।
    नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै स्वरोजगार प्रदान गरेका मोटरसाइकल चालकहरुलाइ ट्राफिक प्रहरीले नियम उल्लंघन गरी अवैध यात्रु ओसार पोसार गरेको आरोपमा समातेर उद्दमशिलता विाशमा ठेस पुर्याएको जनाएको छ।

    ‘देशमा स्वरोजगार सृजना हुँदा त्यस्तो कुरामा समर्थनमा राज्यले उचित कानुनको व्यवस्था गर्नुको साटो उल्टो निरुत्साहित गर्ने गतिबिधि रोक्न नेबिसंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । साथै नेविसंघले चाँडो भन्दा चाँडो यस्ता उद्यमशीलतका कुरालाई सहजीकरण हुने किसिमका नियम कानुन बनाउन सरकारसँग माग गरेको छ ।
    समृद्घिको बाटोमा राज्य अगाडि बढ्न खोज्दा सरकारले बाधा पुयाए नेपाल बिद्यार्थी संघ सडकमा ओर्लेर आन्दोलन गर्ने चेतावनी समेत सो संघले चेतावनी दिएको छ ।

    नेविसंघ केन्द्रीय सदस्य तथा प्राविधिक बिद्यार्थी परिषद संयोजक ई. (आ.) मेली शाहले जारी गरेको विज्ञप्तिमा दैनिक करिब १५०० युवा रोजगारीका लागि विदेश जाने गरेको अवस्थामा निजी सवारीको प्रयोग गरेर यात्रु ओसार पोसार गरेर गरेर रोजगारी दिनु सकारात्मक भएको उल्लेख छ । त्यस्तै सो संघठनले युरोप, अमेरिका, अष्ट्रेलिया लगायत छिमेकी देश भारत, बंगलादेशमा यस्तो रोजगारीको सृजना भएको स्मरण गराएको छ ।

    प्रतिक्रिया
    थप समाचार