Online Nepal सोमबार, जेष्ठ ७ २०८१

विद्यानाथ झालाई कुटपिट गरेकोमा कांग्रेस नेता जोशीको आपत्ति

विद्यानाथ झालाई कुटपिट गरेकोमा कांग्रेस नेता जोशीको आपत्ति


मध्यान्तर
  • बुधबार, माघ २ २०७५

  • काठमाडौं । मन्त्रीहरुले कर्मचारी पिट्दैमा संघियता सफल नहुने कांग्रेस नेता नवीन्द्रराज जोशीले बताएका छन् । उनले प्रदेश २ को सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरे कुरालाई जोड दिदै यस्तो बताएका हुन ।

    साथै उनले यो घटनाप्रति घोर आपत्ति जनाएका छन् । नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टिका केन्द्रीय सदस्यसमेत रहेका जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताए। उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप लगाए।

    ‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ। सचिव झालाई कुट्नु अपराध हो। उनले जे जस्ता कुरा गरे पनि कुट्नु त अपराध नै हो,’ नेता जोशीले भने।

    उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्नेमा सचिव जस्ता कर्मचारीलाई मन्त्रीले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्मविपरीत भएको दाबी गरे।

    नेता जोशीले कांग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने जनाए।

    प्रतिक्रिया
    थप समाचार