Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एमसीसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री

एमसीसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री


मध्यान्तर
  • सोमबार, असोज ११ २०७८

  • काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने बताएका हुन् । परराष्ट्रमन्त्री खड्काले भने, ‘सहि छाप गर्दा किन नहेरेको ।

    एमसीसी परियोजना अनुदान हो । हामीले मागेको हो । संशोधन गर्नुपर्ने भए किन नपढ्नु भएको त त्यति खेर । सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि अघि बढ्ने हो ।’

    उनले एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताएका छन् । खड्काले भने, ‘यसको प्रक्रिया छ नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले यो कठिन हुन्छ ।

    उनले भने, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ, उनले भने, ‘बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भयो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाखेरी त्यतिबेलाका अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएको छ । सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो ।’

    एमसीसी नेपालको आवश्यकता भएको कुरा सबै राजनीतिक दललाई अवगत रहेको भन्दै बाहिर हल्लागरेजस्तो एमसीसी नभएको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार