Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागी स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागी स्थगित


मध्यान्तर
  • सोमबार, असोज ११ २०७८

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि केही बेर बसेर स्थगित भएको छ।

    दिउँसो २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए। तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।

    एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार