Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अब दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

अब दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक


मध्यान्तर
  • सोमबार, असोज ११ २०७८

  • काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि अझैसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर जनस्तरबाट आवाज उठ्नु स्वभाविक भएको भन्दै अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

    आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाईसक्ने उनको दाबी रहेको छ ।

    दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने उनको भनाई रहेको छ । उनले थपे,‘कुनै–कुनै जिल्लामा विषम् परिस्थितिबाहेक २१ वटा हिमाली जिल्लामा पनि दशैंभित्रै अधिवेशन गर्ने लक्ष्य छ । दशैंभित्र ७७ वटै जिल्लाको वडा र पालिकाको अधिवेशन भैसक्छन् । अहिलेपनि अधिकांशको वडा र पालिका अधिवेशन सम्पन्न भैसकेको छ । महाधिवेशन तयारी अघि बढिसकेको छ । हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागेका छौं ।’

    प्रतिक्रिया
    थप समाचार