Online Nepal आइतबार, जेष्ठ ६ २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


मध्यान्तर
  • मंगलबार, असोज १२ २०७८

  • काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटीका एक सदस्यले जानकारी दिएका छन् ।

    ती नेताका अनुसार आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुनेछ । ‘तीनवटा प्रस्तावमध्ये राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने विषयमा अलि बढि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने,‘विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद लगायतबाट प्रतिनिधित्व गर्ने संख्याबारे सहमति जुटाउने प्रयास हुन्छ ।’

     

     

     

    प्रतिक्रिया
    थप समाचार