Online Nepal आइतबार, जेष्ठ ६ २०८१

काँग्रेसको थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काँग्रेसको थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलवार कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन ।
    यस्तै उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा प्रदेश २ का खेलकुद वीरेन्द्रप्रसाद सिंह र सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोबीच कुटाकुट भएको थियो ।

    क्रियाशील छानविन समितिका  अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर एकमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट अधिवेशन गर्ने गरी नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ ।

    कैलालीमा राप्रपाबाट काँग्रेसमा आएकाहरुको विषयमा पनि विवाद थियो । राप्रपाबाट काँग्रेस प्रवेश गरेका आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीलाई १२५ सदस्य दिइएको छ ।

    ६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ । शनिबारमा महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ । अब पाँच जिल्ला पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार