Online Nepal आइतबार, जेष्ठ ६ २०८१

फुमियो किशिदा बन्ने भए जापानका नयाँ प्रधानमन्त्री

फुमियो किशिदा बन्ने भए जापानका नयाँ प्रधानमन्त्री


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौँ । फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। जापानको सत्तारुढ (बहुमतसहित) लिबरल डेमोक्र्याटिक (एलडिपी) पार्टीको नेतामा किशिदा विजयी भएसँगै उनी देशको भावी प्रधानमन्त्रीका रुपमा उदाएका हुन्। एक वर्ष पहिले प्रधानमन्त्री बनेका सुगाले राजीनामा दिने घोषणा गरेपछि एलडिपीले नयाँ नेता चयन गरेको हो।

    नागरिकको विरोधका बाबजुद टोकियो ओलम्पिक आयोजना गरेका कारण एलडिपीको लोकप्रियता कम भएको छ। पूर्वविदेशमन्त्रीसमेत रहेका किशिदाले दलको नेता जित्ने ठानिएका तारो कोनोलाई पराजित गरेका हुन्।

    एलडिपीको नेतामा विजयी भएका किशिदा अब संसदीय प्रक्रिया पूरा भएपछि प्रधानमन्त्रीको जिम्मेवारीमा आउने छन्। गएको वर्ष किशिदा दलको नेतामा सुगासँग पराजित भएका थिए।

    नयाँ प्रधानमन्त्रीलाई महामारीले शिथिल बनेको अर्थतन्त्र उकास्ने तथा उत्तर कोरियाको सामना गर्नेसहितका चुनौती छन्।

    प्रतिक्रिया
    थप समाचार