Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेकपा एसलाई बोलाइएको सर्वदलीय बैठकमा आउँदैनौँ : एमाले

नेकपा एसलाई बोलाइएको सर्वदलीय बैठकमा आउँदैनौँ : एमाले


मध्यान्तर
  • बिहिबार, असोज १४ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने एक शीर्ष नेताले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको पनि ती नेताले बताए । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ ।

    त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्‍मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन, ती नेताले भने ।

     

    प्रतिक्रिया
    थप समाचार