Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आज कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै

आज कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ। वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधि सभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। यस साथै महाधिवेशन प्रतिनिधिका लागि पनि आज चुनाव हुँदैछ।

    प्रतिनिधि सभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुन्।

    एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गर्ने तयारी कांग्रेसको रहेको छ छ।

     

    प्रतिक्रिया
    थप समाचार