Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नजाने

प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नजाने


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । ८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् ।

    उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले पनि त्यही भनेका छन्, तर विचारमा भने त्यो देखिँदैन ।

    अहिले एमालेले जनताको बहुदलीय जनवाद (जबज)लाई नै निरन्तरता दिएको छ । साह सहितका नेताहरुले दुई पक्षबीच नयाँ समझदारी गर्नुपर्ने माग गर्दै आएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार