Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पार्टीविरुद्ध आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भए : ओली

पार्टीविरुद्ध आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भए : ओली


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएको बताए। ललितपुरमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘नेकपा एमालेबाट केहि व्यक्तिहरु बाहिरिएका छन् । उनीहरुले संगठनात्मक अराजकता, पदलोलुप्ता र फुटलाई प्रश्रय दिइरहेका छन् । हाम्रो पार्टी प्रतिपक्ष भूमिकामा फेरिएको छ । पार्टीका विरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएका छन्।’

    उनले माओवादी केन्द्रसँगको एकीकरणका कारण पार्टी महाधिवेशन धकेलिएको बताएका छन् । उनले भने, ‘एमाले एकीकृत पार्टी हो । एमालेबाट केहि बाहिरिए । संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिए।’ उनले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

    प्रतिक्रिया
    थप समाचार