Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मलाई नेपाल र प्रचण्डले असफल बनाए : ओली

मलाई नेपाल र प्रचण्डले असफल बनाए : ओली


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डले आफूलाई असफल बनाएको बताएका छन् । ललितपुरमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    उनले भने, ‘पुष्पकमल दाहाल, माधव नेपाललगायत तीनै पात्रहरु क्रियाशील थिए। जसले मेरो नेतृत्वको सरकारलाई असफल बनाउन घेराउ, मोर्चाबन्दीको षड्यन्त्र गरे। पार्टी साहस पूर्वक परिस्थितिको सामना गर्दै अघि बढ्यो। बजेटसम्म प्रस्तुत गर्न नदिइ प्रधानमन्त्रीबाट विस्थापित गर्ने योजना बुनियो।’

    उनले जनताको व्यापक समर्थन रहँदा रहँदै पनि संसदभित्रको प्रतिकुल अंकगणितका कारण आफ्नो सरकार बहिर्गमन भएको बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार