Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जनहितका योजना अघि बढाउन राष्ट्रपतिको सुझाव

जनहितका योजना अघि बढाउन राष्ट्रपतिको सुझाव


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • The President of Nepal, Ms. Bidya Devi Bhandari meeting the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on April 18, 2017.

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन् ।

    शुक्रबार काठमाडौंमा जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोत पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउन सुझाव दिएकी हुन् ।

    उनले जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुराउनुपर्ने धारणा राखिन् । देशभित्र अवसर नपाई विदेशीन बाध्य युवाका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमो उनको जोड रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार