Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अब एमालेमा पोलिटव्यूरो कमिटी नरहने

अब एमालेमा पोलिटव्यूरो कमिटी नरहने


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । अब नेकपा एमालेमा पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

    अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ ।

    एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार