Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेकपा एमालेको विधान महाधिवेशनमा आज समूहगत छलफल हुँदै

नेकपा एमालेको विधान महाधिवेशनमा आज समूहगत छलफल हुँदै


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा आज समूहगत छलफल सुरू हुँदैछ ।

    महाधिवेशनमा पेस भएको प्रतिवेदनमाथि शनिबार बिहान ८ बजेदेखि समूहगत छलफल हुन लागेको एमाले प्रचार  विभागले जनाएको छ।

    शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका थिए।

    एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । १० वटा समूहलाई छलफलका लागि आज आठ बजेदेखि चार घण्टा समय दिइएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो।

    १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ। प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले गर्नेछन् ।
    यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्नेछन् भने गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन् ।

    यस्तै लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन् भने कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन् । सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन् । उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन् ।

    यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार