Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित

नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् ।

    मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

    २१ हिमाली जिल्लामा असोज १८ गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णयअनुसार अहिले अधिवेशन भइरहेको छ । रसुवा र डोल्पामा भने वडा अधिवेशन नै नभएका कारण तोकिएको समयमा अधिवेशन नहुने पक्का भएको छ ।

    प्रतिक्रिया
    थप समाचार