Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गणेशमानको छोरा भएर सभापति बन्न नपाउने हो ? : प्रकाशमान सिंह

गणेशमानको छोरा भएर सभापति बन्न नपाउने हो ? : प्रकाशमान सिंह


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • काठमाडौं । नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् । शनिबार नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले सो आग्रह गरेका हुन् । नेता सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुःखेसो पोखे । उनले उपत्यकाले आफ्नो नेतालाई सँधै सानो देख्ने र बाहिरबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको बताए ।

    उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो । अरुको झोला उपत्यकावासीले कहिलेसम्म बोक्ने  उनको प्रश्न छ, ‘गणेशमानको छोरा भएर म सभापति बन्न नपाउने हो ” उनले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र काँग्रेसलाई सक्षम बनाउनका लागि आफु ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । ‘काठमाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो,’ उनले थप भने, ‘अरुको छोराहरूले त अवसर पाएका छन् त १’

    उनले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे । वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाई थियो । ‘१३ औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन’ उनले भने, ‘अनि किन गुणगान गाउने ।

    नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए । २०७४ सालको निर्वाचनमा काँग्रेस नराम्ररी पराजित भएसँगै सभापति देउवा असफल नेता भएको र आफुले उनको राजीनामा मागेको बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार