Online Nepal आइतबार, जेष्ठ ६ २०८१

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो: बाबुराम भट्टराई

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो: बाबुराम भट्टराई


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • फाइल तस्बिर

    काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् ।

    एमाले महाधविशेनमा व्यक्तिपूजाको झलक देखिएको भन्दै यसले स्टालिन, हिटलर र फासिवाद जन्माउने भट्टराईको भनाइ छ । शनिबार सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन्, खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया ।

    शुक्रबारदेखि ललितपुरको गोदावरीमा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार