Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जुन दिन ओलीले प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि बालुवाटारको जेलबाट मुक्त भएँ : प्रचण्ड

जुन दिन ओलीले प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि बालुवाटारको जेलबाट मुक्त भएँ : प्रचण्ड


मध्यान्तर
  • शनिबार, असोज १६ २०७८

  • फाइल फोटो

    काठमाडौं, । नेकपा माओवादी केन्द्र का अध्यक्ष  ‘प्रचण्ड’ ले आफूले तत्कालिन् प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्पर्क मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।
    उनले प्रतिक्रियावादीहरुले अहिले पनि माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति अपनाएको र आफूहरुले त्यो घेरा तोडेर प्रतिक्रियावादीहरुलाई परास्त गरेको दाबी गरे । उनले अहिले पनि लडाई जारी नै रहेको सुनाए । उनले भने,‘हामी अहिले रक्तपादहीन युद्धको राजनीतिमा छौं । यो कुरा स्थापित भईनैसक्यो ।’

    उनले यसअघिको तीन वर्ष जेलभित्र बसेको जस्तो भएको पनि सुनाए । उनले ओलीले जहिल्यैपनि जालझेल मात्रै गरेको पनि टिप्पणी गरे । उनले भने,‘विहान पनि दर्शन भेट गरेको छ, बेलुका पनि दर्शन भेट गरेको, म मौकाको पखाईंमा थिएँ । जुन दिन उनले प्रतिनिधिसभा विघटन गरे, त्यही दिनदेखि म बालुवाटारको जेलबाट मुक्त भएँ ।’

    प्रतिक्रिया
    थप समाचार