Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी वैठक बस्दै

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी वैठक बस्दै


मध्यान्तर
  • आइतबार, असोज १७ २०७८

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दै छ ।

    मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी रहेको छ । तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि समय तय नभएको बताएका छन् ।

    ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार