Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगियो: कमल थापा

ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगियो: कमल थापा


मध्यान्तर
  • शनिबार, फाल्गुन ७ २०७८

  • काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले २०७३ सालयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताए ।

    पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।
    पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौं, लोकप्रिय चुनाव चिह्न गाई गुमायौं’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’

    यस्तै अध्यक्ष थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए ।

    प्रतिक्रिया
    थप समाचार