Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अमेरिकीहरूको केही अभिव्यक्तिले एमसीसीमा झन शंका बढ्यो : माधव नेपाल

अमेरिकीहरूको केही अभिव्यक्तिले एमसीसीमा झन शंका बढ्यो : माधव नेपाल


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १३ २०७८

  • काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् । शुक्रबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताए ।

    ‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायत नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ अध्यक्ष नेपालले भने, ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ ।’

    नेकपा हुँदा बनेको कार्यदलले निकालेको आशंकाबारे अझै जवाफ नआएको उनले बताए । एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको अध्यक्ष नेपालले बताए । ‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौं भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला रु भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौं’, नेपालले भने ।, उनले नेकपा एमालेले भने अवसरवादी र अराजनीतिक अडान लिएको बताए ।

    प्रतिक्रिया
    थप समाचार