Online Nepal सोमबार, बैशाख ३१ २०८१

बम बिष्फोटका घाइते सरकारले निःशुल्क उपचार गरिदिने

बम बिष्फोटका घाइते सरकारले निःशुल्क उपचार गरिदिने


मध्यान्तर
  • शनिबार, फाल्गुन ११ २०७५

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा गराईएको बम बिस्फोटका घाईतेलाई सरकारले निःशुल्क उपचार गराउने बताएका छन् । गृहमन्त्री थापाले शनिबार उनीहरुका आफन्तलाई भेटेका यस्तो बताएका हुन् ।

    गृहमन्त्री थापाले घाइते र आफन्तलाई भेटेर दोषीलाई कानुनको कठघरामा ल्याउने बताएका छन् । गृहमन्त्री थापा घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।

    शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए । गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ । प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।

    मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’

    उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।

    प्रतिक्रिया
    थप समाचार