Online Nepal सोमबार, बैशाख ३१ २०८१

राप्रपामा चार हेक्टरको भुईचालो, १८ नेता द्वारा एकैपटक पार्टि परित्याग

राप्रपामा चार हेक्टरको भुईचालो, १८ नेता द्वारा एकैपटक पार्टि परित्याग


मध्यान्तर
  • शनिबार, फाल्गुन ११ २०७५

  • काठमाडौं । राजाको पक्षमा ओकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपामा चार हेक्टरको भुईचालो गएको छ । राप्रपाका १८ जना उर्जावान नेताहरुले राजिनामा दिएपछि राप्रपामा भुईचालो गएको हो ।

    एकै चोटी केन्द्रिय स्तरका नेताहरुले छाडेपछि अहिले राप्रपामा कमल थापा एक्लीएका छन् । शनिबार मात्रै पूर्वमन्त्री जयन्त चन्दसहित १८ नेताले राप्रपा परित्याग गरेका छन् । राप्रपाको संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुन चार दिन मात्र बाँकि रहेको अवस्थामा चन्दसहितका नेताहरुले राप्रपाबाट अलग भएको घोषणा गरेका छन् ।

    सोहि कारणले अहिले राप्रपामा चार हेक्टरको भुईचालो गएझै तरंग पैदा भएको छ । यसरी राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा रहेको छ । उनी चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

    उनीसँगै भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनियाले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् ।

    राप्रपा त्याग्नुको कारण सोध्दा चन्द भन्छन्, ‘सचेततापूर्वक नै यो निर्णय लिएका हौं, पार्टी छाड्नुपर्ने कारणहरु धेरै छन् ।’ उनका अनुसार केही दिनमा नै भावी योजना सार्वजनिक गरिनेछ । पछिल्लो समय नेपालका राजनितीक दलहरुमा आरोप प्रत्यारोप गर्दै एकले अर्कोलाई आलोचना गर्ने क्रममा राप्रामा भने भुईचालो गएको हो ।

    नेताहरुका अनुसार यो समूहले पछिल्लो समय तीन वटै राप्रपा (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) मिल्नुपर्ने दबाव दिँदै आएको थियो । एकताको सहमति नजिक पुगेपछि अन्तिममा थापा नेतत्वको राप्रपा छुट्यो ।

    राणा र लोहनीले पार्टी एकता गरेर राप्रपा संयुक्त बनाएको घोषणा गरेका छन् । स्रोतका अनुसार चन्द नेतृत्वको यो समूहले ‘तीन वटै पार्टी मिल्न सक्दैनन् भने दुई वटा भएपनि मिल्नुस्’ भनेर नेतृत्वलाई दबाव दिएका थिए । त्यसैले यो समूह छिट्टै राप्रपा संयुक्तमा समाहित भए अनौठो नहुने नेताहरु बताउँछन् ।

    प्रतिक्रिया
    थप समाचार