Online Nepal सोमबार, बैशाख ३१ २०८१

सरकारबाट मन्त्री फिर्ता बोलाउन राजपा अध्यक्ष मण्डललाई दबाब

सरकारबाट मन्त्री फिर्ता बोलाउन राजपा अध्यक्ष मण्डललाई दबाब


मध्यान्तर
  • शनिबार, फाल्गुन ११ २०७५

  • काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलले आफ्नो पार्टिबाट ससरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउन दबाब दिएका छन् । राजपाको यस्तो निर्णय पश्चात अहिले पार्टिमा बहस सुरु भएको छ ।

    राजापको बहुमत रहेको प्रदेश २ को सरकारमा सहभागि मन्त्रीहरुले सरकारमा रहेर राम्रो काम नगर्दा सरकार आलोचित हुनुपरेको भन्दै उनीहरुलाई हटाउन दबाब दिईएको हो । राजपाले जिल्लाहरुको आधारमा मन्त्री विभाजन भएको तर मन्त्रालय सञ्चालन गर्न नसकेको भन्दै राजपाकै सांसदले राजपा अध्यक्ष मण्डललाई फिर्ता बोलाउन दबाब दिएका हुन्।

    राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं सांसद सहभागी बैठकमा प्रदेश सरकारको समिक्षा गर्दा वर्ष दिन वितिसक्दा समेत पार्टीका मन्त्रीहरूले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै सांसदहरूले मन्त्रीको आलोचना गरेका छन्। राजपका केन्द्रीय अध्यक्ष मण्डल सहभागी बैठकमा सांसदहरूले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवल किशोर साहको कार्य सम्पादनमाथि प्रश्न उठाएका छन्।

    राजपाका केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय, सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी कार्यक्रममा राजपाका प्रदेश सांसदहरूले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको काम सम्मानजनक भए पनि राजपाका दुई मन्त्रीको आलोचना गरिएको छ । सोहि कारणले मन्त्री रामनरेश राय र नवल किशोर साहलाई फिर्ता बोलाउन लागिएको हो ।

    सरकारमा रहेका राजपाका मन्त्रीहरू मध्ये जितेन्द्र सोनलले पार्टीको प्रतिष्ठा बचाए पनि रामनरेश राय र नवल किशोर साहले पार्टीको नाम बदनाम गरेको सांसदहरूले आरोप लगाउदै उनीहरुलाई हटाउन माग गरेका थिए।

    प्रतिक्रिया
    थप समाचार