Online Nepal सोमबार, बैशाख ३१ २०८१

सानेपामा नेविसंघको दुई गुटबीच साँढेजुदाई, परिचयपत्र देखाउदा समेत पत्रकारमाथि हातपात (फोटो फिचर)

सानेपामा नेविसंघको दुई गुटबीच साँढेजुदाई, परिचयपत्र देखाउदा समेत पत्रकारमाथि हातपात (फोटो फिचर)


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • काठमाडौँ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका दुई गुटबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।

    विद्यार्थी नेता कुन्दन काफ्लेनेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ।

    आइतबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक सुरु हुनु अघि नेताहरु आपसी छलफल गरिरहेका बेला नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो। सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगै हानाहान गरेको प्रहरीले बताएको छ।

    दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरी दुवै पक्षका विद्यार्थीहरुलाई तितरवितर बनाएको हो। झडपमा परी एकजना पत्रकारसहित केही विद्यार्थी घाइते भएको बताइएको छ। घाइतेहरु मध्ये जितेन्द्र क्षेत्रीको अवस्था भने गम्भिर रहेको छ।

    प्रतिक्रिया
    थप समाचार