Online Nepal आइतबार, बैशाख ३० २०८१
कांग्रेस नयाँ शक्ति पार्टि एकता

एक्लिँदै बाबुराम : कांग्रेसमा विलय हुदै नयाँ शक्ति, आजै हुने पार्टि एकता

एक्लिँदै बाबुराम : कांग्रेसमा विलय हुदै नयाँ शक्ति, आजै हुने पार्टि एकता


मध्यान्तर
  • सोमबार, फाल्गुन १३ २०७५

  • काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टिबीच एकता हुने भएको छ । पार्टि एकताको पहिलो दिन सोमबार करिब पाँच हजार भन्दा बढि नेता कार्यकताहरु कांग्रेसमा समाहित हुने भएका छन् ।

    पार्टि एकताको लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा लगायतका नेताहरुको सहभागिता रहने भएको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिती रसुवामा नेपाली र नयाँ शक्ति पार्टीबीच जिल्लकमिटीबीच सोमबार दिउँसो साााँढे १२ बजेको समयमा विशेष कार्यक्रम गरी पार्टी एकता हुन लागेको हो ।

    रसुवामा नयाँशक्तिबाट प्रदेश सांसद प्रेमबहादुर तामाङ पनि हुनेछन् । नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा नयाँ शक्तिबाट पार्टी एकता हुने जिल्ला सदस्य थापाले बताए ।

    रसुवाबाट एउटा गाउँपालिकामा नयाँ शक्तिले क्लिनस्वीप नै गरेको छ । यो एकताले केन्द्रमा पनि ठूलै सन्देश दिने बताइन्छ ।

    नयाँ शक्तिका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराई भने नयाँ सोचका साथ देश दौडाहामा छन् ।

    प्रतिक्रिया
    थप समाचार