Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मतपत्रमा आफ्नो चुनाव चिन्ह नभएपछि जनकपुरधामको एक स्वतन्त्र उम्मेदवार धर्नामा

मतपत्रमा आफ्नो चुनाव चिन्ह नभएपछि जनकपुरधामको एक स्वतन्त्र उम्मेदवार धर्नामा


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । निर्वाचन आयोगले धनुषाका लागि प्रकाशन गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नभेटिएपछि जनकपुरधामको एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्। निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि आफ्नो चुनाव चिन्हको माग गर्दै धर्नामा बसेका हुन् ।

    नेपाली कांग्रेसका नगर अध्यक्ष रहेका साह गठबन्धनमा नपर्दा उनी स्वतन्त्रबाट निर्वाचनमा उम्मेदवार बनेका छन् । आफूले २४ घण्टाभित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बस्नु परेको शाहले बताए । उनले राजनीतिक षडयन्त्रपूर्वक आफ्नो चुनाव चिन्ह समावेश नगरिएको आरोप लगाए ।

    उनले भने, यो सामान्य त्रुटि होइन, मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र पनि हुनसक्छ। चुनावी प्रचार–प्रसार जारी रहेको समयमा नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नहुँदा मतदातालाई सम्झाउन गाह्रो भइरहेको उनले सुनाए । उम्मेदवार साहले आयोगको यो त्रुटिपूर्ण नमूना मतपत्र अविलम्ब नसच्याए सम्म आफू धर्ना जारी राख्ने चेतावनी दिएका छन् । जनकपुरधाम उप–महानगरपालिकाको नगर प्रमुख पदका लागि जम्मा २७ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

    यता जनकपुरधामको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्धित अधिकारीहरुलाई जानकारी गराई सकेको बताए । मतपत्र सच्याउने काम चाँडै हुने उनले बताए । प्याकुरेलले भने, ुयो त्रुटी मनोज जीको हकमा मात्रै छैनन्, जनकपुरधाममा २७ जना प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारहरु छन् १२ जना बाहेक सबैमा यो समस्या छ । उनका अनुसार आयोगले १२ वटा चुनाव चिन्ह मात्रै पठाएको थियो तर जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको संख्या बढेपछि यस्तो समस्याको सृजना भएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार