Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कांग्रेस नेता शशांक कोइरालालाई निर्वाचन आयोगले गरायो सचेत

कांग्रेस नेता शशांक कोइरालालाई निर्वाचन आयोगले गरायो सचेत


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई सचेत गराएको छ ।

    आयोगले उनलाई अघिल्लो ‘संसदिय सदस्य निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको’ भनेर दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको जवाफपछि अब त्यस्तो अभिव्यक्ति नदिन सचेत गराइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    “शंशाक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ,” उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार