Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौँमा

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी काठमाडौँमा


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । भारतीय विपक्षी दल एवं राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सोमबार काठमाडौँ आइपुगेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनकी पूर्व पत्रकार सुम्निमा उदासको विवाहमा सहभागी हुन राहुल काठमाडौँ आइपुगेको जानकारी म्यानमारका लागि पूर्व नेपाली राजदूत एवं सुम्निमाका पिता भीम उदासले बताए ।वैवाहिक कार्यक्रममा सहभागिताका लागि काठमाडौँ आएको जानकारी सार्वजनिक भएपछि राहुलको यस पटकको आगमनले काठमाडौँमा त्यति ठूलो तरङ्ग सिर्जना गरेन। तर, यसअघि भएको राहुलको काठमाडौँ आगमनले भने निकै ठूलो तरङ्ग सिर्जना गरेको थियो।

     

    प्रतिक्रिया
    थप समाचार