Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सत्तारूढ दल नेपाली कांग्रेससँग निर्वाचन आयोगले माग्यो जवाफ

सत्तारूढ दल नेपाली कांग्रेससँग निर्वाचन आयोगले माग्यो जवाफ


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं ।  सत्तारूढ दल नेपाली कांग्रेससँग निर्वाचन आयोगले   जवाफ मागेको छ । आयोगले तीन दिनभित्र जानकारीसहितको जवाफ दिन भनेको छ ।

    कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ओलीजी गफ गर्छन्, हामी काम गर्छौँ, रुख चिह्नमा मतदान गरीु शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले सो पर्चा राखेको होरहोइन भनी मंगलवार जवाफ मागेको हो ।

    आयोगको पत्रमा भनिएको छ, उक्त सामग्री निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को देहाय ठ र ढ विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी तीन तीन दिनभित्र जवाफ उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।

    आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउनेतर्फ आयोगले पुनः स्मरण गराएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार