Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्षको उम्मेदवार मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी

ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्षको उम्मेदवार मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । नेकपा एमाले तर्फबाट ओखलढुंगाको लिखु गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

    उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ

    विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए।

    विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। त्यसयता उनी फरार रहेको बताइएको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार