Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु

ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौंको । काठमाडौंको ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

    आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार