Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विप्लवलाई महासचिवबाट हटाउने निर्णय , धर्मेन्द्र बास्तोला संयोजक तोकिए

विप्लवलाई महासचिवबाट हटाउने निर्णय , धर्मेन्द्र बास्तोला संयोजक तोकिए


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधबार चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।

    भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताए ।

    ‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र सरलाई बनायौ ।’

    पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए । भोलि सकिने ओली–बाँस्तोला पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ ।  भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार