Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन

कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

    स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेसको यो निर्णयले शुभेच्छुक संस्थाहरु नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन प्रभावित हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार