Online Nepal शुक्रबार, बैशाख २१ २०८१

पदाधिकारी छान्न गृहकार्य पुगेन : प्रचण्ड

पदाधिकारी छान्न गृहकार्य पुगेन : प्रचण्ड


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न गहृकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय मागेका छन् । प्रज्ञा प्रतिष्ठान, कमलादीमा केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन खझै २ देखि ४ दिन लाग्ने बताएका हुन् ।’

    केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताए । उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै , ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । २–४ दिन दिनुस्, सबैलाई खुसी बनाउनु गरी टुंगो लगाउँछु ।’

    केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १ सय ५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

    प्रतिक्रिया
    थप समाचार