Online Nepal शुक्रबार, बैशाख ७ २०८१

पूर्व अर्थमन्त्रीमाथि मंगलबारदेखि छानविन हुने

पूर्व अर्थमन्त्रीमाथि मंगलबारदेखि छानविन हुने


मध्यान्तर
  • शुक्रबार, असार २४ २०७९

  • काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानबिन समितिले मंगलबारदेखि छानविनको काम थाल्ने भएको छ । शुक्रबार नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानविन समितिका ११ सदस्यसँग सहजीकरण बैठक गरेका थिए । सो बैठकमा छानविन विशेष समितिका सदस्यहरूबीच परिचयात्मक कार्यक्रम मात्र भएको एमाले सांसद खगराज अधिकारीले बताए ।

    आउँदो मंगलबारदेखि समितिले छानविनको काम सुरु गर्ने लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । सभामुखले बोलाएको छलफलमा समितिका सदस्यहरुलाई निष्पक्ष ढंगले छानविन गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।

    छानबिन समितिको बैठक बस्न नसकेकाले कसलाई अध्यक्ष बनाउने भन्ने टुङ्गो लागेको छैन् । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गरेको पूर्वमन्त्री शर्मामाथि आरोपी छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार