Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

संसदीय छानबिन समितिको बैठक बस्दै

संसदीय छानबिन समितिको बैठक बस्दै


मध्यान्तर
  • शुक्रबार, असार ३१ २०७९

  • काठमाडौं । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा आज अर्थ मन्त्रालयका सचिव र राजस्वसचिवसँग छलफल गरिनेछ । बिहीबार पनि समितिको बैठक सिंहदरबारमा बसेको थियो । अर्थ मन्त्रालयबाट पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित कागजात तथा विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुन नसकेकोे समितिले जनाएको छ ।

    तत्कालीन अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय छानबिन समिति बनेको छ । समिति गठनसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार