Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जनार्दन शर्मा २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त

जनार्दन शर्मा २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त


मध्यान्तर
  • आइतबार, साउन १५ २०७९

  • काठमाडौं । जनार्दन शर्मा पुन अर्थमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेको सितल निवासले जनाएको छ।

    संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समाल्न लागेका हुन्। २९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

    त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार