Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ : प्रचण्ड

प्रचण्ड-बाबुराम एक ठाउँमा उभिनुको ठूलो अर्थ छ : प्रचण्ड


मध्यान्तर
  • मंगलबार, साउन ३१ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । उनले अब एक ठाउँमा उभिन अब आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए ।

    ‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब  अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजमै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

    ‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार